शाइन रेसुङ्गा बैंकले असार ३२ देखि ८% ब्याजदरमा १ अर्बको ऋणपत्र निष्काशन गर्ने
Author
NEPSE TRADING

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेड (SHINE) ले असार ३२ गतेदेखि ‘शाइन रेसुङ्गा डिबेञ्चर’ नामक ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्न लागेको छ। बैंकले १० वर्ष अवधिको यो ऋणपत्रमा वार्षिक ८ प्रतिशत ब्याज दिनेछ।
बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ दरका १० लाख कित्ता ऋणपत्र, अर्थात् १ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्नेछ। जसमध्ये ६० प्रतिशत (६ लाख कित्ता) व्यक्तिगत तवरबाट बाँडफाँट गरिनेछ भने बाँकी ४० प्रतिशत (४ लाख कित्ता) सर्वसाधारणका लागि खुला गरिनेछ। सार्वजनिक निष्काशनमा ५ प्रतिशत (२० हजार कित्ता) सामूहिक लगानी कोषका लागि छुट्याइएको छ।
लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम ५ लाख कित्तासम्म आवेदन दिन सक्नेछन्। छिटोमा साउन ४ गते र ढिलोमा साउन १४ गतेसम्म आवेदन दिन सकिनेछ।
बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले सिडिएस एण्ड क्लियरिङ लिमिटेडको ‘मेरो शेयर’ अनलाइन पोर्टल वा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सेवा प्रदायक बैंक तथा वित्तीय संस्थामार्फत सि–आस्बा प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्।