·

शिवम् सिमेन्टको नाफामा १५ गुणा वृद्धि, पहिलो त्रैमासमै २० करोड नाफा

Author

NEPSE TRADING

शिवम् सिमेन्टको नाफामा १५ गुणा वृद्धि, पहिलो त्रैमासमै २० करोड नाफा

काठमाडौं — शिवम् सिमेन्टले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा उल्लेख्य नाफा कमाएको छ। कम्पनीले पहिलो तीन महिनामा १५ गुणा बढी खुद नाफा निकालेको छ, जुन cement उद्योगमा हालका वर्षहरूमा देखिएको दुर्लभ वृद्धि मानिन्छ।

गत आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीको खुद नाफा १ करोड २७ लाख ९९ हजार रुपैयाँ थियो। तर यस वर्ष सोही अवधिमा नाफा उछालिँदै २० करोड ९६ लाख रुपैयाँ पुगेको कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणले देखाएको छ।

बिक्री आम्दानीमा ९% वृद्धि

समग्र बिक्री आम्दानीमा भने हल्का तर स्थिर वृद्धि भएको छ।
अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा आम्दानी १ अर्ब ४० करोड रुपैयाँ रहँदा, यस वर्ष सोही अवधिमा १ अर्ब ५३ लाख रुपैयाँ आम्दानी भएको छ।

समीक्षा अवधिमा बिक्री आम्दानी ९.०३ प्रतिशत ले बढेको छ।
तर कुल नाफा भने २१५.०७ प्रतिशत ले उछालिँदै ३२ करोड ६५ लाख रुपैयाँ पुगेको छ।

EPS, नेटवर्थ र P/E अनुपात

कम्पनीको प्रतिशेयर आम्दानी (EPS) गत वर्षको तुलनामा ठूलो उछाल देखिएको छ।
पहिलो त्रैमासमै EPS १४ रुपैयाँ ३५ पैसा ले बढेर १५ रुपैयाँ ३७ पैसा पुगेको हो।

असोज मसान्तसम्म कम्पनीको

  • प्रतिशेयर नेटवर्थ: १९२ रुपैयाँ १८ पैसा

  • P/E अनुपात: ३६.४२ गुणा

रहेको सार्वजनिक विवरणले देखाउँछ।

Related News