·

श्रीनगर एग्रीटेकलाई आईपीओ निष्काशनको अनुमति

Author

NEPSE TRADING

श्रीनगर एग्रीटेकलाई आईपीओ निष्काशनको अनुमति

साउन १३ गते नेपाल धितोपत्र बोर्डले श्रीनगर एग्रीटेक इण्डष्ट्रीज लिमिटेडलाई प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) गर्न अनुमति दिएको छ। बोर्डले दिएको स्वीकृति अनुसार कम्पनीले जारी पूँजीको २० प्रतिशतका दरले कुल ३२ लाख ६२ हजार ५०० कित्ता साधारण शेयर निष्काशन गर्न पाउनेछ। प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा हुने यस आईपीओको कुल रकम ३२ करोड ६२ लाख ५० हजार रुपैयाँ हुने छ। यस आईपीओको निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।

Related News