·

सुनको मूल्यमा उल्लेख्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

Author

NEPSE TRADING

सुनको मूल्यमा उल्लेख्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

साउन १८ गते, आइतबार, नेपाली सुन बजारमा उल्लेख्य मूल्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, छापावाल सुनको मूल्य प्रतितोला ३४०० रुपैयाँले वृद्धि भई एक लाख ९६ हजार ५०० रुपैयाँ पुगेको छ। अघिल्लो कारोबार दिन अर्थात् शुक्रबार सुन प्रतितोला १,९३,१०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्यमा समेत सामान्य वृद्धि देखिएको छ। यस दिन चाँदी प्रतितोला १५ रुपैयाँले बढेर २२५० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबारको तुलनामा मूल्य वृद्धिको कारण अन्तर्राष्ट्रिय बजारमा सुनको माग बढ्नु र डलरको कमजोरी भएको विश्लेषकहरू बताउँछन् ।

Related News