·

सिंगटी हाइड्रोको नाफा : विद्युत् बिक्री आम्दानी आठ गुणाले बढ्यो

Author

NEPSE TRADING

सिंगटी हाइड्रोको नाफा : विद्युत् बिक्री आम्दानी आठ गुणाले बढ्यो

सिंगटी हाइड्रो इनर्जी लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्म उल्लेखनीय प्रगति गर्दै १४ करोड ९९ लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ६ करोड ९२ लाख रुपैयाँ घाटा व्यहोरेको थियो। यसरी घाटाबाट नाफामा रुपान्तरण हुनु कम्पनीको सञ्चालन क्षमता र वित्तीय व्यवस्थापनमा आएको सुधारको स्पष्ट संकेत हो।

कम्पनीको नाफा वृद्धिको मुख्य कारण विद्युत् उत्पादन सुरु भएपछि आएको आम्दानीको उछाल हो। अघिल्लो वर्ष ८ करोड ३० लाख रुपैयाँ रहेको विद्युत् बिक्री आम्दानी यस वर्ष ६८ करोड ७१ लाख रुपैयाँ पुगेको छ। यति ठूलो आम्दानी वृद्धिले कम्पनीलाई नाफा तर्फ धकेलेको हो। यद्यपि कम्पनीले गत वर्ष ब्याज तिर्न मात्रै २६ करोड ७३ लाख रुपैयाँ खर्च गरेको छ, तर पनि सकरात्मक नतिजा निकाल्न सफल भएको छ।

साथै, कम्पनीको प्रतिसेयर आम्दानी (EPS) ५ रुपैयाँ १७ पैसा पुगेको छ भने प्रति सेयर नेटवर्थ १०९ रुपैयाँ ५३ पैसा कायम भएको छ। यी वित्तीय सूचकहरूले सिंगटी हाइड्रोको हालको अवस्था सुदृढ बनेको र भविष्यमा लगानीकर्ताका लागि आकर्षक विकल्प बन्न सक्ने संकेत दिन्छ।

Related News