श्रीनगर एग्रीटेक इन्डष्ट्रिजको पहिलो चरणको आईपीओ निष्काशन सुरु
Author
NEPSE TRADING

श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडले आजदेखि (भदौ ११ गते) पहिलो चरणको आईपीओ निष्काशन सुरु गरेको छ। कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा गएका नेपालीहरूलाई लक्षित गर्दै शेयर जारी गर्न लागेको हो।
नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त अनुसार कम्पनीले जारी पुँजी १ अर्ब ६३ करोड १२ लाख ५० हजार रुपैयाँको २० प्रतिशतबराबर अर्थात् ३२ करोड ६२ लाख ५० हजार रुपैयाँको ३२ लाख ६२ हजार ५०० कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो।
यस मध्ये १ प्रतिशत (१ लाख ६३ हजार १२५ कित्ता) उद्योग प्रभावित स्थानीय बासिन्दाका लागि छुट्याइएको छ भने वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १० प्रतिशत (३ लाख ९ हजार ९३८ कित्ता) छुट्याइएको छ। प्रभावित स्थानीयले रुपन्देही र पाल्पा जिल्लाबाट आवेदन दिन सक्नेछन्।
यसका लागि नबिल बैंकको तानसेन (पाल्पा) र फरसाटिकर (रुपन्देही) शाखा, एनएमबि बैंकको तानसेन र फरसाटिकर शाखा, तथा ग्लोबल आइएमई बैंकको तानसेन (पाल्पा) शाखाबाट आवेदन दिन सकिने व्यवस्था गरिएको छ।
लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारीमा रहेका नेपालीले भदौ १५ गतेदेखि भदौ २५ गतेसम्म आवेदन दिनुपर्नेछ भने उद्योग प्रभावित स्थानीयले भदौ २५ गतेदेखि असोज ९ गतेसम्म आवेदन दिन पाउनेछन्।