·

श्रीनगर एग्रीटेकको आईपीओ : उद्योग प्रभावित क्षेत्र र वैदेशिक रोजगारीमा रहेका लागि अवसर

Author

NEPSE TRADING

श्रीनगर एग्रीटेकको आईपीओ : उद्योग प्रभावित क्षेत्र र वैदेशिक रोजगारीमा रहेका लागि अवसर

श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडले भदौ ११ गतेदेखि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने भएको छ। कम्पनीले रुपन्देही र पाल्पा जिल्लाका उद्योग प्रभावित क्षेत्रका स्थानीयवासी र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई लक्षित गर्दै आईपीओ निष्काशन गर्न लागेको हो।

कम्पनीले १ अर्ब ६३ करोड १२ लाख ५० हजार रुपैयाँको जारी पूँजीको २० प्रतिशत अर्थात ३२ लाख ६२ हजार ५०० कित्ता साधारण शेयर निष्काशन गर्न पाउने स्वीकृति पाएको छ। यसमध्ये १ लाख ६३ हजार १२५ कित्ता शेयर स्थानीयवासीका लागि र ३ लाख ९ हजार ९३८ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको छ।

आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। उद्योग प्रभावित क्षेत्रका लागि आवेदन भदौ २५ गतेदेखि असोज ९ गतेसम्म खुला हुनेछ भने वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आवेदन अवधि भदौ १५ गतेदेखि भदौ २५ गतेसम्म रहनेछ।

रेटीङ एजेन्सी इक्रा नेपालले कम्पनीलाई उच्च जोखिम संकेत गर्ने रेटिङ प्रदान गरेको छ। यस आईपीओको विक्रय प्रबन्धक नबिल इम्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ। स्थानीयवासीले नबिल, एनएमबि र ग्लोबल आइएमई बैंकका तोकिएका शाखाबाट आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले सि-आस्बा सदस्य बैंकमार्फत आवेदन दिन सक्नेछन्।

Related News