·
स्ट्याण्डर्ड चार्टर्ड बैंकले १९ प्रतिशत नगद लाभांश घोषणा गर्यो
Author
NEPSE TRADING

काठमाडौं, असोज ३१ — स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेड (SCB) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १९ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ। असोज ३१ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १९ प्रतिशतका दरले नगद लाभांश (कर प्रयोजनार्थसहित) वितरण गर्ने निर्णय गरेको हो।
बैंकले घोषणा गरेको सो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र वितरण गरिनेछ। यो निर्णयले बैंकको स्थायित्व र निरन्तर नाफा कमाउने क्षमतालाई झल्काउँछ।