·

सन नेपाल लाइफ इन्स्योरेन्सको हकप्रद शेयरमा आवेदन दिने म्याद असार ३ गतेसम्म बढ्यो

Author

NEPSE trading

सन नेपाल लाइफ इन्स्योरेन्सको हकप्रद शेयरमा आवेदन दिने म्याद असार ३ गतेसम्म बढ्यो

काठमाडौं — सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड (SNLI) ले बैशाख ३० गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन दिने म्याद असार ३ गतेसम्म लम्ब्याएको छ। कम्पनीले हाल कायम १ कित्ता शेयर बराबर ०.२७ कित्ताको अनुपातमा हकप्रद शेयर निष्काशन गरिरहेको हो।

यस अनुसार कम्पनीले १ अर्ब ६ करोड ९६ लाख ३२ हजार रुपैयाँ बराबरको, प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद शेयर जारी गरेको छ।

कम्पनीले बैशाख ५ गते बुकक्लोज गरेको थियो। त्यसअनुसार बैशाख ४ गतेसम्म नेप्सेमा कारोबार गरी कायम रहेका शेयरधनीहरूले यो हकप्रद शेयरमा आवेदन दिन सक्ने छन्।

हकप्रद शेयर निष्काशनका लागि गरिएको क्रेडिट रेटिङ्गमा केयर रेटिङ्ग्स नेपालले सन नेपाल लाइफलाई CARE-NP BBB (Triple B) Issuer Rating प्रदान गरेको छ। यो रेटिङ्गले कम्पनीको समयमै वित्तीय दायित्व बहन गर्ने क्षमता औसतस्तरको रहेको संकेत गर्दछ।

आवेदन कहाँबाट दिने?

  • बिक्री प्रबन्धक: नेपाल एसबीआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड

  • सन नेपाल लाइफका केन्द्रिय तथा क्षेत्रीय कार्यालय

  • सि-आस्वा प्रणाली मार्फत सहभागी बैंक तथा वित्तीय संस्थाहरू

हाल कम्पनीको चुक्ता पूँजी ३ अर्ब ९६ करोड १६ लाख रुपैयाँ रहेको छ। हकप्रद निष्काशन तथा बाँडफाँटपछि पूँजी ५ अर्ब ३ करोड १२ लाख ३२ हजार रुपैयाँ पुग्नेछ।

सन नेपाल लाइफ इन्स्योरेन्सको यस हकप्रद निष्काशनले कम्पनीको वित्तीय आधार थप सुदृढ बनाउने विश्वास गरिएको छ। इच्छुक शेयरधनीहरूलाई निर्धारित समयभित्र आवेदन दिन कम्पनीले अनुरोध गरेको छ।

Related News