·

सुपर मादी हाइड्रोपावरको ५.२६४२% लाभांशका लागि बुक–क्लोज घोषणा, पुस ४ गते AGM डाकियो

Author

NEPSE TRADING

सुपर मादी हाइड्रोपावरको ५.२६४२% लाभांशका लागि बुक–क्लोज घोषणा, पुस ४ गते AGM डाकियो

सुपर मादी हाइड्रोपावर लिमिटेड (SMHL) ले आफ्नो १६औँ वार्षिक साधारण सभा (AGM) पुस ४ गते, २०८२ मा गर्ने निर्णय गरेको छ। सभा काठमाडौंको बत्तिसपुतलीस्थित होटेल इम्पेरियल मा बिहान ११:०० बजे सुरु हुने छ।

बोर्डको मंसिर ४ गते बसेको बैठकले आर्थिक वर्ष २०७८/७९ (FY 81/82) का लागि कुल ५.२६४२% लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। प्रस्तावित लाभांशमध्ये—

  • ५% बोनस शेयर (करीब ११.०२ करोड रुपैयाँ)

  • ०.२६४२% नगद लाभांश (करीब ५८ लाख २ हजार ६३२ रुपैयाँ)
    समावेश छन्।
    कम्पनीको हालको चुक्ता पुँजी २.२० अर्ब रुपैयाँ रहेको छ।

AGM को अन्य एजेन्डामा अडिटरको प्रतिवेदनसहित नाफा–नोक्सान विवरण, वित्तीय विवरण र नगद प्रवाह विवरण अनुमोदन गर्ने तथा आर्थिक वर्ष २०८२/८३ का लागि अडिटर नियुक्त गर्ने प्रस्ताव रहेका छन्। यसैगरी, बोनस शेयर वितरणपछि समायोजित पुँजीको आधारमा १:१ अनुपातमा हकप्रद (rights) शेयर जारी गर्ने तयारी कम्पनीले जनाएको छ।

कम्पनीले मंसिर १७ देखि पुस ४ गतेसम्म बुक–क्लोज मिति तोकेको छ। अतः सो मितिभन्दा अघि नाम दर्ता भएका शेयरधनी मात्र लाभांश प्राप्त गर्न र AGM मा सहभागी हुन योग्य हुनेछन्।

Related News