सपोर्ट लघुवित्तको विशेष साधारणसभा असोज ४ गते इटहरीमा
Author
NEPSE TRADING

सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले विशेष साधारणसभा आह्वान गरेको छ। सभा आगामी असोज ४ गते इटहरीस्थित स्काइ लक्स होटलमा बिहान ११ बजेबाट सुरु हुने भएको छ।
भदौ १४ गते बसेको सञ्चालक समितिको बैठकले विशेष साधारणसभा बोलाउने निर्णय गरेको हो। सभामा लघुवित्तको पुँजी संरचना परिवर्तन गर्ने प्रस्ताव पारित गरिनेछ।
हाल संस्थामा संस्थापक शेयरधनीको स्वामित्व ७० प्रतिशत र सर्वसाधारणको ३० प्रतिशत रहेको छ। विशेष साधारणसभाबाट यसलाई परिवर्तन गरी ६० प्रतिशत संस्थापक र ४० प्रतिशत सर्वसाधारण बनाइनेछ।
यस प्रयोजनका लागि लघुवित्तले भदौ २५ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ। यसअनुसार भदौ २४ गतेसम्म नेप्सेमा नाम दर्ता भएका शेयरधनीले मात्र साधारणसभामा उपस्थित हुन पाउनेछन्।