·

स्वस्तिक लघुवित्तको आईपीओ असार २७ गतेदेखि

Author

NEPSE trading

स्वस्तिक लघुवित्तको आईपीओ असार २७ गतेदेखि

स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले असार २७ गतेदेखि आफ्नो प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) सार्वजनिक गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि २३ हजार १ सय कित्ता सेयर निष्काशन गर्दैछ, जुन कुल आईपीओको १० प्रतिशत हो।

स्वस्तिकले ५ करोड ७७ लाख ५० हजार रुपैयाँ जारी पुँजीको ४० प्रतिशत बराबर २ लाख ३१ हजार कित्ता सेयर निष्काशन गर्न लागेको हो। उक्त आईपीओमा न्युनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन पाइनेछ। आवेदन अवधि साउन ९ गतेसम्म कायम रहनेछ। रेटिङ एजेन्सी इक्रा नेपालले यस आईपीओलाई ‘इक्रा आईआर बी’ रेटिङ प्रदान गरेको छ, जसले उच्च वित्तीय जोखिम रहेको संकेत गर्दछ।

यस आईपीओ अन्तर्गत कर्मचारीका लागि ०.५ प्रतिशत अर्थात १,१५५ कित्ता र म्युचुअल फन्डका लागि ५ प्रतिशत अर्थात ११,५५० कित्ता सेयर छुट्याइएको छ। वैदेशिक रोजगारीका लागि छुट्याइएको सेयर निष्काशनपछि बाँकी १ लाख ९५ हजार १ सय ९५ कित्ता सेयर सर्वसाधारणका लागि खुला गरिनेछ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्म कम्पनीले २५ लाख ३८ हजार रुपैयाँ नाफा कमाएको छ। सञ्चित मुनाफा ४९ लाख ८६ हजार र जगेडा कोष २ करोड ६६ लाख ८४ हजार रुपैयाँ रहेको छ। हाल स्वस्तिकको प्रतिसेयर आम्दानी (EPS) ७ रुपैयाँ ३३ पैसा र नेटवर्थ १९१ रुपैयाँ ४० पैसा रहेको छ भने तीन वर्षभित्र EPS २६.५० र नेटवर्थ १९४.१६ रुपैयाँ पुग्ने प्रक्षेपण गरिएको छ।

Related News