·

तेह्रथुम पावरको शतप्रतिशत हकप्रद शेयरमा आजदेखि आवेदन खुला

Author

NEPSE TRADING

तेह्रथुम पावरको शतप्रतिशत हकप्रद शेयरमा आजदेखि आवेदन खुला

तेह्रथुम पावर कम्पनी लिमिटेड (TPC) ले आज असार १६ गतेदेखि शतप्रतिशत हकप्रद शेयर निष्कासन तथा बिक्री खुला गरेको छ। कम्पनीले हालको चुक्ता पूँजीको १:१ अनुपातमा हकप्रद शेयर ल्याएको हो, जसअनुसार हाल कायम १ कित्ता शेयर बराबर नयाँ १ कित्ता हकप्रद शेयर आवेदन गर्न सकिनेछ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ४० लाख कित्ता शेयर निष्कासन गर्दैछ, जसको कुल रकम ४० करोड रुपैयाँ हुनेछ।

हकप्रद शेयर निष्कासन प्रयोजनका लागि कम्पनीले जेठ ५ गते बुकक्लोज गरेको थियो। सो अनुसार जेठ ४ गतेसम्म कारोबार भई कायम रहेका शेयरधनीहरूले साउन ४ गतेसम्म हकप्रद शेयरमा आवेदन दिन सक्नेछन्।

इक्रा नेपालले कम्पनीलाई इक्रा एपी डबल बी (BB) रेटिङ्ग प्रदान गरेको छ, जसले वित्तीय दायित्व समयमै पूरा गर्न मध्यम जोखिम रहेको जनाउँछ।

नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड हकप्रद शेयर निष्कासन तथा बिक्री प्रबन्धक रहेको छ। शेयरधनीहरूले नबिल बैंकका छत्तर, म्याङलुङ, फेदाप र संक्रान्तिबजार शाखा तथा कुमारी बैंकको मेन्छियायम शाखाबाट पनि आवेदन दिन सक्नेछन्। साथै नेपाल धितोपत्र बोर्डबाट इजाजतप्राप्त आस्बा सेवा प्रदायक बैंक तथा वित्तीय संस्थाबाट समेत आवेदन दिन सकिनेछ।

हाल कम्पनीको चुक्ता पूँजी ४० करोड रुपैयाँ रहेको छ। हकप्रद बाँडफाँटपछि यो रकम ८० करोड रुपैयाँ पुग्नेछ।

हकप्रदबाट संकलन गरिने रकम कम्पनीले आफ्नो ऋण भुक्तानीमा प्रयोग गर्नेछ। हाल माछापुच्छ्रे, नबिल र ग्लोबल आइएमई बैंकमा गरी कम्पनीको ९२ करोड ६१ लाख रुपैयाँभन्दा बढी ऋण छ। हकप्रदबाट उठेको रकममध्ये माछापुच्छ्रे बैंकलाई १६ करोड, नबिल र ग्लोबल आइएमई बैंकलाई क्रमशः १२–१२ करोड रुपैयाँ भुक्तानी गरिनेछ।

Related News