·

तेह्रथुम पावरको अवितरित हकप्रद सेयर लिलाम बिक्रीमा

Author

NEPSE TRADING

तेह्रथुम पावरको अवितरित हकप्रद सेयर लिलाम बिक्रीमा

तेह्रथुम पावर कम्पनी लिमिटेडले आज साउन २७ गतेदेखि अवितरित हकप्रद सेयर लिलाम प्रक्रियामार्फत बिक्रीमा राखेको छ। कम्पनीले गत असार १६ गतेदेखि साउन ११ गतेसम्म १ बराबर १ अनुपातमा जारी गरेको हकप्रद सेयरमा आवेदन नपरेको ४ लाख १८ हजार ७३८ कित्ता सर्वसाधारण समूहका सेयर लिलाम बिक्री गर्न लागेको हो।

लिलाम सेयर खरिदका लागि लगानीकर्ताले आजदेखि भदौ ३ गतेसम्म शिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ। यस सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्न सक्नेछन्। न्यूनतम १०० कित्ताका लागि मात्र आवेदन दिनुपर्नेछ भने अधिकतम कित्तामा कुनै सीमा तोकिएको छैन।

यस लिलामको सेयर निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ। इच्छुक लगानीकर्ताले बिक्री प्रबन्धकका साथै नबिल बैंकका विराटनगर, बिर्तामोड, विरगञ्ज, हेटौँडा, जावलाखेल, सूर्यविनायक, पोखरा, बुटवल, नेपालगञ्ज, सुर्खेत र धनगढी शाखा कार्यालयमार्फत आवेदन दिन सक्नेछन्।

Related News