·

पुनर्निर्माण र निर्वाचनका लागि तीन सदस्यीय कार्यदल गठन, १ खर्ब जुटाउने योजना

Author

NEPSE TRADING

पुनर्निर्माण र निर्वाचनका लागि तीन सदस्यीय कार्यदल गठन, १ खर्ब जुटाउने योजना

काठमाडौं, असोज ३० – जेनजी आन्दोलनका क्रममा भएको भौतिक क्षतिको पुनर्निर्माण र आसन्न निर्वाचनका लागि आवश्यक स्रोत जुटाउन अर्थ मन्त्रालयले तीन सदस्यीय कार्यदल गठन गरेको छ। मन्त्रालयले पुनर्निर्माण र निर्वाचनका लागि आवश्यक बजेटको स्रोत खोज्ने जिम्मेवारी उक्त कार्यदललाई दिएको छ।

कार्यदलमा बजेट तथा कार्यक्रम महाशाखा प्रमुख सुमन दाहाल, वैदेशिक सहायता समन्वय महाशाखा प्रमुख धनीराम शर्मा र राजस्व व्यवस्थापन महाशाखा प्रमुख उत्तरकुमार खत्री सदस्य छन्। मन्त्रालयका अनुसार साना तथा टुक्रे आयोजनामा विनियोजन भएको बजेट कटौती गर्दा करिब १ खर्ब रुपैयाँ जुट्नेछ। यसअघि नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले पनि पदभार ग्रहण गर्दै टुक्रे आयोजना कटौतीबाट १ खर्ब रुपैयाँ बचत हुने बताएका थिए।

Related News