सागर डिष्टिलरीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
Author
NEPSE TRADING

सागर डिष्टिलरी लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन परेको छ। साउन २८ गतेदेखि निष्काशन तथा बिक्री खुला गरिएको यो आईपीओ भदौ १ गतेसम्म मात्र आवेदन दिन सकिने व्यवस्था गरिएको हो। कम्पनीले जारी पूँजी ७२ करोड ६० लाख रुपैयाँको २० प्रतिशत अर्थात १४ करोड ५२ लाख रुपैयाँबराबरको १४ लाख ५२ हजार कित्ता आईपीओ निष्काशन गर्ने अनुमति पाएको थियो।
यसमा १० प्रतिशत अर्थात १ लाख ४५ हजार २०० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको लागि सुरक्षित गरिएको छ। यस अन्तर्गत न्यूनतम १० कित्तादेखि अधिकतम ७ हजार कित्तासम्म आवेदन दिन सकिन्छ। इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले कम्पनीलाई आईआरएन सिंगल बी प्लस इस्यूअर रेटिङ प्रदान गरेको छ, जसले उच्च जोखिम रहेको संकेत गर्दछ। धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ र इच्छुकले आस्बा सेवा प्रदान गर्ने बैंक तथा वित्तीय संस्थामार्फत आवेदन दिन सक्नेछन्।