·

स्वस्तिक लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

Author

NEPSE TRADING

स्वस्तिक लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

साउन ९, स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले असार २७ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो।

लघुवित्तले ४० प्रतिशत जारी पूँजी अर्थात् २ करोड ३१ लाख रुपैयाँ बराबरको २ लाख ३१ हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको छ। यसमध्ये १ हजार १५५ कित्ता कर्मचारीका लागि र ११ हजार ५५० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी २३ हजार १०० कित्ता शेयर नेपाल सरकारबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीहरुलाई छुट्याइएको हो।

विदेशमा रहेका नेपालीहरुले न्यूनतम १० कित्ता र अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। इक्रा नेपालले लघुवित्तलाई ‘इक्राएनपी इस्यूअर रेटिङ्ग बी एटदरेट’ प्रदान गरेको छ, जसले समयमा वित्तीय दायित्व पुरा गर्न उच्च जोखिम रहेको संकेत गर्दछ।

यस आईपीओको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सि–आस्बा सेवा दिने बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्नेछन्।

Related News