विकास हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
Author
NEPSE trading

विकास हाइड्रोपावर लिमिटेडले असार १८ गतेदेखि सर्वसाधारणका लागि खुला गरेको आईपीओमा आवेदन दिने आज (असार २२) अन्तिम दिन हो।
यसअघि कम्पनीले आयोजना प्रभावित स्थानीयबासी तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई पहिलो चरणमा आईपीओ बाँडफाँट गरिसकेको छ। दोस्रो चरणअन्तर्गत सर्वसाधारणका लागि यो आईपीओ निष्काशन गरिएको हो।
नेपाल धितोपत्र बोर्डबाट कम्पनीले कुल जारी पुँजी ९० करोड ९१ लाख १ हजार ३०० रुपियाँको ४९ प्रतिशत अर्थात् ४४ लाख ५४ हजार ५९६ कित्ता शेयर निष्काशनको अनुमति पाएको थियो।
पहिलो चरणमा ९ लाख ९ हजार १०१ कित्ता शेयर स्थानीय तथा वैदेशिक रोजगारीमा गएकाहरूलाई बाँडफाँट गरिएको थियो। बाँकी ७० हजार ९१० कित्ता कर्मचारीका लागि, १ लाख ७७ हजार २७५ कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। सर्वसाधारणका लागि कुल २९ लाख ४२ हजार ७६० कित्ता शेयर निष्काशन गरिएको हो।
लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।
धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा प्रभु क्यापिटल लिमिटेड नियुक्त गरिएको छ।