ट्रेड टावर लिमिटेडको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला
Author
NEPSE trading

ट्रेड टावर लिमिटेडको आईपीओमा आज (जेठ १४ गते) देखि सर्वसाधारणले आवेदन दिन सक्ने भएका छन्। कम्पनीले आफ्नो जारी पुँजी ८१ करोड ५६ लाख ९ हजार ७०० रुपैयाँको ४८.६९६ प्रतिशतले हुन आउने ३९ लाख ७१ हजार ६९३ कित्ता साधारण शेयर निष्कासन गर्न अनुमति पाएको हो।
यसअघि कम्पनीले पहिलो चरणमा ३ लाख ९७ हजार १६९.३० कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि, १ लाख ९८ हजार ५८४.६५ कित्ता सामूहिक लगानी कोषलाई र ७९ हजार ४३३.८६ कित्ता कम्पनीका कर्मचारीहरूमा बाँडफाँट गरिसकेको छ।
अब बाँकी रहेको ३२ लाख ९६ हजार ५०५.१९ कित्ता शेयर सर्वसाधारणका लागि निष्कासन गर्न लागिएको हो। उक्त आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १,००० कित्तासम्म आवेदन दिन सक्नेछन्।
आईपीओमा आवेदन दिने अन्तिम म्याद जेठ १९ गतेसम्म रहेको छ। यदि सो अवधिमा सबै शेयर बिक्री नभएमा आवेदन म्याद जेठ २८ गतेसम्म लम्बिन सक्नेछ।
कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल लिमिटेड रहेको छ।