ट्रेड टावरको आम्दानी आकाशियो, नाफामा तीव्र गिरावट
Author
NEPSE TRADING

ट्रेड टावर लिमिटेड (टीटीएल) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार कम्पनीको सञ्चालन आम्दानी उल्लेख्य रूपमा बढेर ९ करोड ९८ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको १ करोड ७५ लाख रुपैयाँको तुलनामा ४६९.४८ प्रतिशतले बढी हो। यद्यपि, आम्दानीमा उल्लेख्य वृद्धि भए पनि कम्पनीको खुद नाफा भने ९९.३९ प्रतिशत घटेर १ लाख ३० हजार रुपैयाँमा सीमित भएको छ। कुल खर्च १२२.९१ प्रतिशतले र वित्तीय खर्च १९३.४४ प्रतिशतले बढेपछि नाफामा तीव्र गिरावट आएको हो। यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ५ रुपैयाँ ६१ पैसाले घटेर २ पैसामा झरेको छ। गत असार मसान्तसम्म कम्पनीको प्रतिशेयर नेटवर्थ १०५ रुपैयाँ ९३ पैसा रहेको छ। टीटीएलको चुक्ता पुँजी ८१ करोड ५६ लाख रुपैयाँ र अन्य इक्विटी ४ करोड ८३ लाख रुपैयाँ रहेको छ।