ट्रम्पद्वारा फेरि केन्द्रीय बैंकका अध्यक्ष पावेलको राजीनामा माग, ‘अब ढिला भइसक्यो’
Author
NEPSE trading

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी केन्द्रीय बैंक (फेडरल रिजर्भ) का अध्यक्ष जेरोम पावेलको पुनः राजीनामा माग गरेका छन्। सामाजिक सञ्जाल ट्रुथ सोसलमा ट्रम्पले लेखेका छन्, "धेरै ढिला भयो, उनलाई तुरुन्तै राजीनामा दिनुपर्छ।"
ट्रम्पले आफ्नै पहिलो कार्यकालमा पावेललाई केन्द्रीय बैंकको प्रमुख नियुक्त गरेका थिए, तर ब्याजदर नघटाएको भन्दै निरन्तर उनको आलोचना गर्दै आएका छन्। सन् २०२५ को सुरुमा भने ट्रम्पले पावेललाई बर्खास्त गर्ने योजना नरहेको बताएका थिए। तर पछिल्ला दिनहरूमा उनले आलोचना थप चर्काउँदै राजीनामा माग गर्न थालेका छन्।
ट्रम्प र पावेलबीचको मुख्य मतभेद ब्याजदर घटाउने नीतिलाई लिएर देखिन्छ। ट्रम्पको तर्क छ– ब्याजदर घटाएर आर्थिक गतिविधिलाई प्रवर्द्धन गर्नु पर्छ। तर पावेलले भने ट्रम्पका व्यापारिक नीतिहरू विशेषगरी भन्सार करको असरले अर्थतन्त्रमा अन्योलता बढाएको र यही कारण ब्याजदर घटाउन कठिन भएको बताएका छन्।
मंगलबार पावेलले भनेका थिए, “यदि ट्रम्पका भन्सार नीतिहरूको असर अर्थतन्त्रमा नपरेको भए, फेडरल रिजर्भले पहिले नै ब्याजदर घटाइसकेको हुनेथियो।”