(TTL) ट्रेड टावर लिमिटेडले सर्वसाधारणका लागि आईपीओ जेठ १४ गतेदेखि खुला गर्ने
Author
NEPSE TRADING

ट्रेड टावर लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि जारी गरिसकेको आईपीओ बाँडफाँट पश्चात अब सर्वसाधारणका लागि जेठ १४ गतेदेखि आईपीओ खुला गर्ने भएको छ। कम्पनीले आफ्नो ८१ करोड ५६ लाख ९ हजार ७०० रुपैयाँ जारी पूँजीको ४८.६९६ प्रतिशत अर्थात ३९ करोड ७१ लाख ६९ हजार ३०० रुपैयाँ बराबरको ३९ लाख ७१ हजार ६९३ कित्ता शेयर निष्काशन गर्न अनुमति पाएकोमा, अब ३२ लाख ९६ हजार ५०५.१९ कित्ता शेयर सर्वसाधारणलाई निष्काशन गर्न लागिएको हो।
पहिलो चरणमा कम्पनीले:
३ लाख ९७ हजार १६९.३० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि,
१ लाख ९८ हजार ५८४.६५ कित्ता सामूहिक लगानी कोषका लागि,
७९ हजार ४३३.८६ कित्ता कर्मचारीहरूका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ।
आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ। निष्काशन जेठ १९ गतेसम्म खुला रहनेछ, तर सो अवधिमा पूर्ण आवेदन नपरेमा जेठ २८ गतेसम्म लम्बिन सक्छ।
शेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले आस्बा स्वीकृत बैंक तथा वित्तीय संस्था, तिनका शाखाहरू वा मेरोशेयर अनलाइन मार्फत सी–आस्बा प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्।
यस आईपीओका लागि गरिएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई डबल बी माइनस ([ICRANP-IR] BB-) प्रदान गरेको छ, जसले मध्यम जोखिम रहेको संकेत गर्दछ ।