·
नागरिक लगानी कोषको अध्यक्षमा तुलसीप्रसाद घिमिरे नियुक्त
Author
NEPSE TRADING

नागरिक लगानी कोषको संचालक समिति अध्यक्षमा तुलसीप्रसाद घिमिरे नियुक्त भएका छन्। उनलाई १ भदौको उपप्रधानमन्त्री तथा अर्थमन्त्री स्तरको निर्णय अनुसार अध्यक्ष पदमा नियुक्त गरिएको हो।
घिमिरेले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा एमफिल, अर्थशास्त्रमै एमए र एमपीए गरेका छन्। उनी नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक पदबाट अवकाश प्राप्त गरेका थिए।
नेपाल राष्ट्र बैंकमा सेवा गर्दा उनले सूचना प्रविधि, मानव संसाधन, विदेशी विनिमय, बैंकिङ र अनुसन्धान विभागजस्ता विभिन्न महत्त्वपूर्ण विभागमा कार्य गरेको अनुभव छ। घिमिरेको नियुक्तिले नागरिक लगानी कोषको नेतृत्वमा नयाँ दिशा र प्रगति ल्याउने अपेक्षा गरिएको छ।