·
युनाइटेड अजोड इन्स्योरेन्सको लाभांश घोषणा
Author
NEPSE TRADING

युनाइटेड अजोड इन्स्योरेन्स (UAIL) ले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। कम्पनीले हाल कायम दुई अर्ब १० करोड रुपैयाँ चुक्ता पूँजीको आधारमा १० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। इन्स्योरेन्सको सञ्चालक समितिको बैठक असार ४ गते बसेको थियो जसले उक्त दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। नेपाल बीमा प्राधिकरणको स्वीकृति र आगामी वार्षिक साधारण सभाको अनुमोदनपछि लाभांश वितरण गरिनेछ।