·

विनय खरेल सर्वोत्तम सिमेन्ट लिमिटेडको सञ्चालक पदमा नियुक्त

Author

NEPSE trading

विनय खरेल सर्वोत्तम सिमेन्ट लिमिटेडको सञ्चालक पदमा नियुक्त

सर्वोत्तम सिमेन्ट लिमिटेडले सञ्चालक समितिमा नयाँ नियुक्ति गरेको छ। कम्पनीको आइतबार सम्पन्न २३४औं सञ्चालक समिति बैठकले विनय खरेललाई सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो।

उक्त बैठकले यसअघि सञ्चालक पदमा रहेका उत्सव न्यौपानेको जेठ २३ गते पेश भएको राजीनामा स्वीकृत गर्दै रिक्त पदमा संस्थापक सेयरधनी समूहको प्रतिनिधित्व गर्दै रुपन्देही निवासी खरेललाई नियुक्त गरेको कम्पनीले जानकारी दिएको छ।

यस निर्णयसँगै कम्पनीको सञ्चालक बोर्डमा खरेलको औपचारिक सहभागिता सुनिश्चित भएको छ।

Related News