विद्यालयमा भर्चुअल सिकाइ प्रणाली लागू हुने, डिजिटल पोर्टल विकास गरिने
Author
NEPSE trading

काठमाडौं, जेठ १५ – सरकारले विद्यालय तहमा भर्चुअल सिकाइ प्रणाली लागू गर्ने घोषणा गरेको छ। आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले डिजिटल सिकाइ पोर्टल विकास गरी शिक्षामा गुणस्तर सुधार गरिने जानकारी दिएका हुन्।
हाल शिक्षा मन्त्रालयले सञ्चालनमा ल्याएको ‘सिकाइ चौतारी’ डिजिटल पोर्टललाई अझ प्रभावकारी बनाउँदै डिजिटल प्रविधिमा आधारित शिक्षण सिकाइ प्रणाली नेपाली मौलिकतासहित विकास गरिने बजेटमा उल्लेख छ।
बजेटमार्फत विद्यालय तहका शिक्षक र कर्मचारीका लागि पनि पर्याप्त विनियोजन गरिएको छ:
छात्रवृत्तिका लागि २ अर्ब ४४ करोड रुपैयाँ
ईसीडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिकका लागि १० अर्ब १६ करोड रुपैयाँ
साथै, अपाङ्गता भएका बालबालिकाहरूलाई आधारभूत तहसम्म छात्रावाससहितको शिक्षाको व्यवस्था गरिने उल्लेख गरिएको छ।
सरकारको यो कदमले समान पहुँचमा आधारित शिक्षा प्रणाली विकास, डिजिटली समावेशी सिकाइ वातावरण निर्माण, र शिक्षाको गुणस्तर अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।