·
स्वरोजगार कर्जाका लागि युवा तथा साना व्यवसायी कोषद्वारा पुनः प्रस्ताव आह्वान
Author
NEPSE TRADING

सरकारले बेरोजगार युवाहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यसहित सञ्चालन गरेको ‘युवा तथा साना व्यवसायी स्वरोजगार कोष’ले कर्जाका लागि पुनः प्रस्ताव आह्वान गरेको छ।
युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत रहेको कोषले इच्छुक र योग्य सहकारी संस्थाहरूलाई १५ दिनभित्र प्रस्ताव पेस गर्न अनुरोध गरेको छ।
अघिल्लो पटक कोषबाट कर्जा लिएर कारोबार गरिसकेका सहकारीहरूले असार मसान्त २०८२ भित्र नियमित रुपमा कर्जा चुक्ता गरेको अवस्थामा पुनः प्रस्ताव पेस गर्न सक्ने व्यवस्था गरिएको छ।
