·

तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकको ठूलो कदम, ६० अर्ब संकलन हुँदै

Author

Nepse trading

तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकको ठूलो कदम, ६० अर्ब संकलन हुँदै

बैंकिङ प्रणालीमा अत्यधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले असार १८ गते ६० अर्ब रुपैयाँ झिक्ने निर्णय गरेको छ। राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरण प्रयोग गर्दै ६३ दिनका लागि यो रकम संकलन गर्न लागेको हो। बैंकले आइतबार र बुधबार नियमित रुपमा बजारबाट पैसा झिक्ने प्रक्रिया जारी राखेको छ।

यस निक्षेप संकलनमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरू सहभागी हुन सक्नेछन्। इच्छुक संस्थाहरूले न्यूनतम १० करोड र अधिकतम ५ करोडको गुणांकमा बोलकबोल गर्न सक्ने छन्। अनलाइन बिडिङ प्रणालीमार्फत आज मध्यान्ह ३ बजेबाट आवेदन दिन सकिनेछ भने साँवा तथा ब्याज भुक्तानी भदौ १८ गते हुनेछ।

Related News