·

कृषि विकास बैंकले गत आर्थिक वर्षको नाफाबाट १३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा

Author

NEPSE TRADING

कृषि विकास बैंकले गत आर्थिक वर्षको नाफाबाट १३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा

कृषि विकास बैंक लिमिटेड (ADBL) ले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीहरूलाई १३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। सो लाभांशमध्ये ३.२५ प्रतिशत बोनस शेयर र करसहित ९.७५ प्रतिशत नगद लाभांश रहनेछ।
कात्तिक १९ गते बसेको सञ्चालक समितिको बैठकले उक्त दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। साथै, बैठकले फिर्ता नहुने अग्राधिकार शेयर पूँजीमा वार्षिक ६ प्रतिशत नगद लाभांश वितरण गर्ने पनि निर्णय गरेको छ।
नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सो लाभांश वितरण गरिनेछ।

Related News