·

प्रभु म्युचुअल फन्डको प्रभु सिस्टमेटिक इन्भेस्टमेन्ट स्किममा आवेदन सुरु

Author

Nepse trading

प्रभु म्युचुअल फन्डको प्रभु सिस्टमेटिक इन्भेस्टमेन्ट स्किममा आवेदन सुरु

प्रभु म्युचुअल फन्डअन्तर्गत प्रभु सिस्टमेटिक इन्भेस्टमेन्ट स्किममा आवेदन प्रक्रिया आज, जेठ २३ गतेदेखि सुरु भएको छ। नेपाल धितोपत्र बोर्डले ४० करोड रुपैयाँको इकाइ बिक्री अनुमति दिएको छ, जसमा १० रुपैयाँ अंकित मूल्यमा ४ करोड इकाइ निष्कासन गरिनेछ।

कोष प्रवर्द्धक प्रभु बैंक र व्यवस्थापक प्रभु क्यापिटलका लागि प्रत्येकलाई ३० लाख इकाइ सुरक्षित गरिएको छ, जबकि सर्वसाधारणका लागि २ करोड ५० लाख इकाइ बिक्री खुला गरिएको छ। लगानीकर्ताले न्यूनतम १०० इकाइदेखि अधिकतम ३१ लाख इकाइसम्म आवेदन दिन सक्नेछन्। आवेदन अवधि जेठ २७ सम्म हुनेछ, तर असार ६ सम्म लम्बिन सक्ने व्यवस्था गरिएको छ।

यस योजनाको रेटिङ्गमा इक्रा नेपालले प्रभु बैंकलाई "ट्रिपल बी माइनस" रेटिङ्ग र प्रभु क्यापिटललाई "केयर एनपी एएमसी क्वालिटी ३ प्लस" रेटिङ्ग दिएको छ। आवेदन नेपाल धितोपत्र बोर्डबाट अनुमोदित बैंक र वित्तीय संस्थामार्फत र सीडीएससीको मेरो सेयर प्रणालीबाट अनलाइन पनि गर्न सकिन्छ।

Related News