·

गैरबैंकिङ सम्पत्ति र खराब कर्जा व्यवस्थापनका लागि सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गरिने

Author

NEPSE trading

गैरबैंकिङ सम्पत्ति र खराब कर्जा व्यवस्थापनका लागि सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गरिने

सरकार बैंक तथा वित्तीय संस्थाहरूको बढ्दो गैरबैंकिङ सम्पत्ति र खराब कर्जा व्यवस्थापनका लागि अब विशेष पहल गर्न लागेको छ। राष्ट्रपतिको शुक्रवारको संसद सम्बोधनमार्फत आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सार्वजनिक नीति तथा कार्यक्रममा सरकारले सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गर्ने घोषणा गरेको छ।

संघीय संसद्को संयुक्त बैठकमा बोल्दै राष्ट्रपति रामचन्द्र पौडेलले भने, “बैंक तथा वित्तीय संस्थाको गैरबैंकिङ सम्पत्ति र खराब कर्जा व्यवस्थापनका लागि सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गरिने छ।”

विगतका बजेट र नीतिहरूमा पटकपटक उठान भए पनि खास कार्यान्वयन नभएको यो विषय यसपटक कार्यान्वयनतर्फ अघि बढ्ने संकेत देखिएको छ। सरकारले यस कदमबाट बैंकिङ प्रणालीलाई थप सुरक्षित, प्रभावकारी र पारदर्शी बनाउने विश्वास व्यक्त गरेको छ।

Related News