·

छिमेक लघुवित्तले २५ प्रतिशत लाभांश घोषणा, बोनस र नगद दुवै वितरण गर्ने

Author

NEPSE TRADING

छिमेक लघुवित्तले २५ प्रतिशत लाभांश घोषणा, बोनस र नगद दुवै वितरण गर्ने

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीहरूलाई लाभांश वितरण गर्ने निर्णय गरेको छ । संस्थाले हाल कायम चुक्ता पुँजीको २५ प्रतिशतका दरले लाभांश दिने घोषणा गरेको हो ।

घोषित लाभांशमध्ये १२.५ प्रतिशत बोनस सेयरका रूपमा वितरण गरिनेछ भने बाँकी १२.५ प्रतिशत नगद लाभांश कर प्रयोजनार्थसहित प्रदान गरिनेछ ।

संस्थाको मंसिर २९ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश प्रस्ताव स्वीकृत गरेको हो । नेपाल राष्ट्र बैंकबाट आवश्यक स्वीकृति प्राप्त भएपछि र आगामी वार्षिक साधारण सभाबाट पारित भइसकेपछि मात्र शेयरधनीहरूले घोषित लाभांश प्राप्त गर्नेछन् ।

संस्थाले सुदृढ वित्तीय अवस्था र स्थिर नाफालाई आधार बनाउँदै शेयरधनी हितलाई प्राथमिकता दिँदै लाभांश प्रस्ताव गरेको जनाएको छ ।

Related News