CHL छ्याङ्दी हाइड्रोपावर लिमिटेडको शतप्रतिशत हकप्रद शेयर जेठ २३ गतेदेखि निष्कासन हुने
Author
NEPSE trading

CHL छ्याङ्दी हाइड्रोपावर लिमिटेडले जेठ २३ गतेदेखि आफ्नो शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ। कम्पनीले नेपाल धितोपत्र बोर्डबाट प्राप्त स्वीकृति अनुसार १ः१ अनुपातमा हकप्रद शेयर निष्कासन गर्न लागेको हो।
यस योजनाअनुसार, कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले ३८ लाख ९ हजार ७७५ कित्ता हकप्रद शेयर जारी गर्दैछ। यसबाट कम्पनीले कुल ३८ करोड ६९ लाख ७७ हजार ५०० रुपैयाँ बराबरको पुँजी संकलन गर्ने लक्ष्य राखेको छ।
हकप्रद शेयर निष्कासनको लागि कम्पनीले जेठ २ गते बुक क्लोज गरिसकेको छ। त्यसैले जेठ १ गतेसम्म नाममा शेयर कायम रहेका लगानीकर्ताहरू मात्र आवेदन दिन योग्य हुनेछन्।
यस हकप्रद शेयरमा आवेदन दिने अन्तिम म्याद असार १२ गतेसम्म तोकिएको छ।
कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहनेछ।
यस हकप्रद निष्कासनमार्फत छ्याङ्दी हाइड्रोपावरले आफ्नो परियोजना विस्तार तथा वित्तीय सुदृढीकरणको लक्ष्य राखेको छ।