९४ हजार भन्दा बढीलाई ७८ अर्ब ६६ करोड सहुलियतपूर्ण कर्जा प्रवाह
Author
NEPSE TRADING

काठमाडौं । नेपाल सरकारको ब्याज अनुदानमा बैंक तथा वित्तीय संस्थामार्फत प्रवाह हुने सहुलियतपूर्ण कर्जा कार्यक्रमअन्तर्गत २०८२ असार मसान्तसम्म कुल ९४ हजार ९२० ऋणीलाई रु. ७८ अर्ब ६६ करोड कर्जा प्रवाह भएको छ।
यस मध्ये कृषि तथा पशुपंक्षी व्यवसाय कर्जाअन्तर्गत ३५ हजार ८६१ ऋणीलाई रु. ५७ अर्ब ५५ करोड कर्जा पुगेको छ। त्यस्तै, महिला उद्यमशील कर्जाअन्तर्गत ५७ हजार ६३६ महिला उद्यमीलाई रु. २० अर्ब ९ करोड कर्जा प्रवाह भएको छ।
सहुलियतपूर्ण कर्जाका अन्य शीर्षक अन्तर्गत भने १ हजार ४२३ ऋणीले रु. १ अर्ब २ करोड कर्जा लिएका छन्।
विश्लेषकहरूका अनुसार, सहुलियतपूर्ण कर्जा विशेषगरी कृषि, पशुपालन र महिला उद्यमशीलतालाई प्रोत्साहन गर्ने मुख्य साधन बनेको छ, जसले ग्रामीण अर्थतन्त्र र स्वरोजगार विस्तारमा महत्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ।