संविधान दिवस तथा राष्ट्रिय दिवस २०८२ विशेष समारोहसहित मनाइँदै
Author
NEPSE TRADING

संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ। राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा बिहान साढे ८ बजे सैनिक मञ्च, टुँडिखेलमा दिवसको मूल समारोह आयोजना गरिएको हो।
समारोहलाई प्रधानमन्त्री सुशीला कार्कीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। तर, अहिलेको विशेष राजनीतिक परिस्थितिलाई दृष्टिगत गर्दै यस वर्ष झाँकीलगायतका सांस्कृतिक कार्यक्रम भने स्थगित गरिएको छ।
नेपालको संविधान २०७२ असोज ३ गते संविधानसभाबाट जारी गरिएको थियो। लामो संघर्ष र बलिदानपछि प्राप्त भएको यो संविधान मुलुकको ऐतिहासिक उपलब्धि मानिन्छ। दोस्रो संविधानसभाबाट लामो छलफल र विवादपश्चात तयार पारिएको संविधानलाई तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आयोजित संविधानसभा बैठकमा घोषणा गर्नुभएको थियो।
यस दिनलाई राष्ट्रिय दिवसका रूपमा मनाइँदै आएको छ, जसले नेपाली जनताको लोकतान्त्रिक संघर्ष, बलिदान र एकताको स्मरण गराउँछ।