·

काठमाडौं उपत्यकामा कर्फ्यू र निषेधाज्ञा हटाइयो, जनजीवन सामान्यतर्फ

Author

NEPSE TRADING

काठमाडौं उपत्यकामा कर्फ्यू र निषेधाज्ञा हटाइयो, जनजीवन सामान्यतर्फ

गत मंगलबारदेखि जारी गरिएको कर्फ्यू र निषेधाज्ञा शनिबारदेखि हटाइएको छ। शुक्रबार राति नयाँ प्रधानमन्त्री नियुक्त भएपछि तत्काल प्रभावबाट निषेधाज्ञा र कर्फ्यू हटाइएको हो।

शुक्रबार साँझसम्म नेपाली सेना सडकमा खटिएर सुरक्षा दिइरहेको भए पनि शनिबार बिहानदेखि भने सडकमा सेनाको उपस्थिति देखिएको छैन। तर सेनाले औपचारिक रूपमा कुनै सूचना जारी गरेको छैन। सेनाका अनुसार निषेधाज्ञा नभएको अवस्थामा सेनाको सक्रिय परिचालन आवश्यक नपर्ने भएकाले सूचना जारी नगरिएको हो।

निषेधाज्ञा हटेसँगै उपत्यकाको जनजीवन सामान्य अवस्थामा फर्किने अपेक्षा गरिएको छ। यद्यपि, नेपाली सेनाले आफू स्ट्यान्डबाई अवस्थामा रहेको स्पष्ट पारेको छ। सेनाका एक उच्च अधिकारीका अनुसार नयाँ सरकार बनेसँगै निषेधाज्ञा र कर्फ्यू हटाइए पनि सम्भावित आन्दोलन वा प्रदर्शनलाई मध्यनजर गर्दै सेना सतर्क अवस्थामा तयारीसहित रहेको छ।

Related News