·
दरमखोला हाइड्रो इनर्जीलाई IPO विवरणपत्र प्रकाशनका लागि सेबोनको स्वीकृति
Author
NEPSE TRADING

नेपाल धितोपत्र बोर्डले दरमखोला हाइड्रो इनर्जी लिमिटेडलाई प्रारम्भिक सार्वजनिक निष्काशन (IPO) का लागि विवरणपत्र प्रकाशन गर्न स्वीकृति प्रदान गरेको छ। कम्पनीले ३२ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्नेछ, जुन ३८.३३ प्रतिशत पूँजी हो। एक कित्ता शेयरको मूल्य रु. १०० निर्धारण गरिएको छ।
कम्पनीले [IRN BB-(IS)] क्रेडिट रेटिङ प्राप्त गरेको छ, जुन इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपाल लिमिटेडले प्रदान गरेको हो। यस IPO को निष्काशन तथा बिक्री प्रवन्धकको रूपमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरिएको छ। यस सार्वजनिक निष्काशनका लागि २०७८/०२/२० गते स्वीकृति प्रदान गरिएको हो ।