·

सिद्धार्थ बैंक र नेपाल एसबिआई बैंकका ऋणपत्र बाँडफाँट सम्पन्न

Author

NEPSE TRADING

सिद्धार्थ बैंक र नेपाल एसबिआई बैंकका ऋणपत्र बाँडफाँट सम्पन्न

सिद्धार्थ बैंक लिमिटेडले असार २९ देखि ३२ गतेसम्म निष्कासन तथा बिक्री खुला गरेको 'एसबिएल डिबेन्चर २०९१' ऋणपत्र बाँडफाँट गरिएको छ। यो ऋणपत्र १० वर्षे अवधिको रहेको छ र वार्षिक ७.२५ प्रतिशत ब्याजदर प्रस्ताव गरिएको थियो।

बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित दरमा २५ लाख कित्ता अर्थात २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गरेको थियो। जसमा १५ लाख कित्ता व्यक्तिगत तवरबाट र १० लाख कित्ता सर्वसाधारणका लागि छुट्याइएको थियो। यसमध्ये ५० हजार कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित गरिएको थियो। यस ऋणपत्रको बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड थियो।

त्यस्तै, नेपाल एसबिआई बैंक लिमिटेडले असार ३० देखि साउन १ गतेसम्म निष्कासन गरेको '७% नेपाल एसबिआई बैंक डिबेन्चर २०९०' को पनि बाँडफाँट सम्पन्न भएको छ।

बैंकले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा ३० लाख कित्ता अर्थात ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गरेको थियो। जसमध्ये १८ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिएको हो भने बाँकी १२ लाख कित्तामध्ये ६० हजार कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित गर्दै ११ लाख ४० हजार कित्ता सर्वसाधारणलाई साउन ७ गते बाँडफाँट गरिएको हो। यो ऋणपत्रको बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको थियो।

Related News