नेपालीको प्रतिव्यक्ति आय १५१७ डलर पुग्यो, अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब पुग्ने अनुमान
Author
NEPSE trading

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार प्रतिनिधिसभाको बैठकमा आर्थिक वर्ष २०८१/८२ को आर्थिक सर्वेक्षण प्रस्तुत गरेका छन्। चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर ४.६१ प्रतिशत रहने अनुमान गरिएको छ।
आर्थिक सर्वेक्षणअनुसार, नेपालको अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब रुपैयाँ पुग्नेछ। त्यस्तै, प्रति व्यक्ति कूल राष्ट्रिय आय (GNI) बढेर १५१७ अमेरिकी डलर पुगेको छ, जुन अघिल्ला वर्षहरूभन्दा उल्लेखनीय वृद्धिको संकेत हो।
अर्थमन्त्री पौडेलले प्रस्तुत गरेको सर्वेक्षणले आर्थिक अवस्थाको समग्र चित्र प्रस्तुत गर्दै चालु आर्थिक वर्षमा देखिएको १६ खर्ब १९ करोड रुपैयाँ बराबरको वित्तीय घाटा, र २६ खर्ब ७८ अर्ब ८७ करोड रुपैयाँ बराबरको सार्वजनिक ऋण समेत उल्लेख गरेको छ।