·

अर्थमन्त्री खनाल र विश्व बैंकका उपाध्यक्ष जुटबीच भेटवार्ता, आगामी सहकार्यका विषयमा छलफल

Author

NEPSE TRADING

अर्थमन्त्री खनाल र विश्व बैंकका उपाध्यक्ष जुटबीच भेटवार्ता, आगामी सहकार्यका विषयमा छलफल

वासिङटन डिसी (अमेरिका), असोज २८ — अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र विश्व बैंक समूहका क्षेत्रीय उपाध्यक्ष जोहानस जुटबीच सोमबार अमेरिकाको वासिङटन डिसीमा भेटवार्ता भएको छ। भेटमा नेपालमा विश्व बैंकको सहयोगमा सञ्चालनमा रहेका विकास परियोजनाहरूका प्रगति, आगामी साझेदारीका सम्भावना र आर्थिक सहयोगका विषयमा विस्तृत रूपमा छलफल गरिएको अमेरिकास्थित नेपाली दूतावासले जनाएको छ।

भेटका क्रममा नेपालका आर्थिक सुधार, लगानीमैत्री वातावरण, पूर्वाधार विकास र सामाजिक क्षेत्रका परियोजनाहरूलाई सुदृढ गर्न विश्व बैंकको भूमिकाबारे पनि विचार–विमर्श भएको दूतावासले जनाएको छ।

भेटमा अमेरिकाका लागि नेपालका राजदूत लोकदर्शन रेग्मी, दूतावासका वरिष्ठ प्रतिनिधिहरू, मन्त्री खनालको भ्रमण टोलीका सदस्य तथा विश्व बैंकका विभिन्न परियोजनामा कार्यरत अधिकारीहरूको सहभागिता रहेको थियो।

अर्थमन्त्री खनाल हाल विश्व बैंक र अन्तरराष्ट्रिय मुद्रा कोष (IMF) को वार्षिक बैठकमा भाग लिन आइतबार वासिङटन डिसी पुगेका हुन्।

Related News