NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no. :

4680-2081/2082

Chairman: Bishal Bikram Bimali

Director and Editor-in-chief:

Dipesh Ghimire

(

9802363868,

9851119988

)

Koteshwor 32 , Kathmandu

01-5253221

+977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

StocksSectors

Company

About UsOur TeamTerms of UseOur PolicyTrainingContact Us

Help

SupportReportFAQ

© 2026 nepsetrading.com. All rights reserved.
This website is owned and operated by Marketminds Investment Group Private Limited.

Charts are powered byTrading View

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Four Decades of Reforms Brought Stability, Not Transformation: NRB Study
    चार दशकका सुधारले स्थिरता दिए, रूपान्तरण दिएनन् : राष्ट्र बैंकको अध्ययन
    Investor
    3 min read
    Published on June 4, 2026
    NEPSE TRADING

    चार दशकका सुधारले स्थिरता दिए, रूपान्तरण दिएनन् : राष्ट्र बैंकको अध्ययनFour Decades of Reforms Brought Stability, Not Transformation: NRB Study

    नेपालको अर्थतन्त्र बाहिरबाट हेर्दा स्थिर देखिए पनि भित्री संरचना भने रेमिट्यान्स, आयात र उपभोगको भरमा अडिएको र दीर्घकालीन दिगोपनका दृष्टिले गम्भीर चुनौतीमा रहेको नेपाल राष्ट्र बैंकको एक अध्ययनले औंल्याएको छ ।

    राष्ट्र बैंकका निर्देशक डा. राजनकृष्ण पन्तले तयार पारेको 'नेपालमा आर्थिक स्थिरता र केन्द्रीय बैंकिङ : उपलब्धि तथा भावी दिशा' शीर्षकको कार्यपत्र (नम्बर ६३) मा विगत चार दशकको आर्थिक तथा वित्तीय यात्राको समीक्षा गरिएको छ । अध्ययनको मुख्य निष्कर्ष छ — स्थिरता त हासिल भयो, तर उत्पादनशीलता वृद्धि र संरचनागत रूपान्तरणको लक्ष्य अझै टाढै छ ।

    सन् १९८० को दशकको मध्यतिर भुक्तानी सन्तुलनको संकट भोगेपछि नेपालले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) र विश्व बैंकको सहयोगमा संरचनात्मक सुधारको बाटो समातेको थियो । त्यसयता व्यापार उदारीकरण, निजीकरण, वित्तीय क्षेत्र सुधार र सार्वजनिक संस्थानको पुनर्संरचनासम्मका कदम चालिए । ती सुधारले आर्थिक स्थायित्व जोगाउन सघाए पनि उत्पादन र निर्यातको ढाँचामा अपेक्षित फेरबदल ल्याउन नसकेको अध्ययनको ठहर छ ।

    अध्ययनका अनुसार नेपालको दीर्घकालीन औसत आर्थिक वृद्धिदर ४.३ प्रतिशत छ । पछिल्लो दशकमा वृद्धिदर तुलनात्मक रूपमा स्थिर रहे पनि त्यसको जग घरेलु उत्पादन नभई रेमिट्यान्सले धानेको उपभोग बनेको छ । कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा उपभोगको हिस्सा ८५ प्रतिशतभन्दा माथि पुगेको उल्लेख गर्दै कार्यपत्रले उत्पादनशील लगानी र औद्योगिक विस्तार कमजोर रहेको देखाएको छ ।

    उत्पादकत्वको अवस्था झनै चिन्ताजनक छ । नेपालको कुल कारक उत्पादनशीलता (टोटल फ्याक्टर प्रोडक्टिभिटी–टीएफपी) विश्वकै न्यून स्तरमध्ये पर्ने र कृषि तथा उद्योगमा श्रम उत्पादकत्व छिमेकी एवं समकक्षी मुलुकभन्दा निकै तल रहेको अध्ययनले देखाएको छ । ऊर्जा आपूर्तिमा सुधार आए पनि प्रविधिको प्रयोग, यान्त्रीकरण, अनुसन्धान र नवप्रवर्तनमा कमजोर लगानीका कारण उत्पादकत्वले फड्को मार्न नसकेको कार्यपत्रको विश्लेषण छ ।

    अर्थतन्त्र 'प्रिम्याच्योर डिइन्डस्ट्रियलाइजेसन' अर्थात् विकासकै प्रारम्भिक चरणमा औद्योगिक क्षेत्र खुम्चिने अवस्थाबाट गुज्रिरहेको राष्ट्र बैंकको निष्कर्ष छ । उत्पादनमूलक उद्योगको योगदान निरन्तर ओरालो लागेको छ भने रोजगारी सिर्जना र निर्यात विस्तारमा यो क्षेत्रले खेल्नुपर्ने भूमिका खेल्न सकेको छैन ।

    व्यापारतर्फ पनि असन्तुलन गहिरिँदै गएको छ । आयातको हिस्सा बढ्दो छ, निर्यात भने स्थिर वा कमजोर अवस्थामा छ । घरेलु उद्योगले माग धान्न नसक्दा कच्चा पदार्थदेखि दैनिक उपभोग्य वस्तुसम्म विदेशकै भर पर्नुपरेको र निर्यात सीमित वस्तुमा खुम्चिँदा विदेशी मुद्रा आर्जनको आधार कमजोर बनेको अध्ययनमा उल्लेख छ ।

    रेमिट्यान्सलाई अध्ययनले दुईधारे तरबारका रूपमा चित्रण गरेको छ । गरिबी घटाउन, विदेशी मुद्रा सञ्चिति बढाउन र उपभोग विस्तार गर्न रेमिट्यान्सको ठूलो योगदान भए पनि वैदेशिक श्रम बजारमा आउने झट्काले अर्थतन्त्रलाई सोझै असर पार्न सक्ने जोखिम छ । श्रमशक्तिको पलायनले कृषि र उद्योगमा जनशक्ति अभाव बढाएको र निर्यात प्रतिस्पर्धामा समेत असर पारेको कार्यपत्रले औंल्याएको छ । गरिबी र असमानतामा देखिएको सुधारसमेत उत्पादन वृद्धिबाट नभई रेमिट्यान्समा आधारित उपभोगबाट आएकाले धेरै परिवार स्वास्थ्य संकट, रोजगारी गुम्ने अवस्था वा प्राकृतिक विपत्तिजस्ता झट्काप्रति अझै संवेदनशील रहेको निष्कर्ष छ ।

    वित्तीय क्षेत्रमा भने चार दशकमा उल्लेख्य प्रगति भएको अध्ययनको मूल्याङ्कन छ । बैंक तथा वित्तीय संस्थाको सञ्जाल विस्तार, डिजिटल भुक्तानी प्रणालीको विकास, वित्तीय पहुँचमा वृद्धि र नियामकीय सुधारले प्रणालीलाई बलियो बनाएका छन् । तर पछिल्ला वर्षमा चुनौती थपिँदै छन् — सन् २०२२ मा १.३ प्रतिशत रहेको निष्क्रिय कर्जा (एनपीएल) सन् २०२५ सम्म आइपुग्दा ४.६२ प्रतिशत पुगेको छ । प्रणालीमा तरलता थुप्रिए पनि कर्जाको माग कमजोर छ । सहकारी क्षेत्रको कमजोरी, वित्तीय अपराध, साइबर सुरक्षा जोखिम र सुस्त कर्जा विस्तारलाई वित्तीय स्थायित्वका मुख्य चुनौती मानिएको छ ।

    अबको बाटोबारे अध्ययनको सुझाव प्रस्ट छ — आर्थिक स्थिरतालाई मात्र लक्ष्य बनाएर पुग्दैन । उत्पादनशीलता वृद्धि, औद्योगिकीकरण, निर्यात विस्तार, प्रविधिको उपयोग र वित्तीय जोखिम व्यवस्थापनमा केन्द्रित नीतिगत सुधार अपरिहार्य रहेको कार्यपत्रको निष्कर्ष छ । अर्थतन्त्रलाई दिगो र समावेशी बनाउने हो भने रेमिट्यान्स र आयातमा अडिएको वृद्धिलाई उत्पादन र लगानीमा आधारित वृद्धितर्फ रूपान्तरण गर्नुपर्ने राष्ट्र बैंकको ठम्याइ छ ।

    Nepal's economy may look stable on the surface, but its inner structure rests on remittances, imports and consumption, leaving the country facing serious long-term challenges to sustainability and productivity, a new Nepal Rastra Bank (NRB) study has warned.

    The working paper (No. 63), prepared by NRB Director Dr. Rajan Krishna Pant under the title 'Economic Stability and Central Banking in Nepal: Achievements and Future Direction', reviews the country's economic and financial journey over the past four decades. Its central finding: stability has been achieved, but the goals of productivity growth and structural transformation remain distant.

    After weathering a balance of payments crisis in the mid-1980s, Nepal embarked on structural reforms with the support of the International Monetary Fund and the World Bank. Steps ranging from trade liberalization and privatization to financial sector reform and the restructuring of public enterprises followed. While those reforms helped preserve economic stability, the study concludes they failed to deliver the expected shift in the country's production and export structure.

    According to the paper, Nepal's long-term average economic growth stands at 4.3 percent. Growth over the past decade has been relatively steady, but its foundation has been remittance-driven consumption rather than domestic production. With consumption accounting for more than 85 percent of gross domestic product, the study finds productive investment and industrial expansion remain weak.

    The productivity picture is even more worrying. Nepal's total factor productivity (TFP) ranks among the lowest in the world, and labor productivity in agriculture and industry lags far behind neighboring and peer economies. Despite improvements in energy supply, the paper attributes the stagnation to weak investment in technology adoption, mechanization, research and innovation.

    The central bank says the economy is undergoing 'premature deindustrialization' — a shrinking of the industrial sector at an early stage of development. Manufacturing's contribution has been declining steadily, and the sector has failed to play its expected role in creating jobs and expanding exports.

    Trade, too, shows a deepening structural imbalance. Imports keep climbing while exports remain flat or weak. With domestic industries unable to meet demand, dependence on foreign suppliers has grown for everything from raw materials to consumer goods, and exports concentrated in a handful of products have left the country's foreign exchange earning base fragile, the study notes.

    The paper portrays remittances as a double-edged sword. They have contributed substantially to reducing poverty, building foreign exchange reserves and expanding consumption — yet shocks in overseas labor markets could hit the economy directly. The outflow of workers has deepened manpower shortages in agriculture and industry and dented export competitiveness. Even the notable gains in poverty and inequality, the study finds, stem from remittance-based consumption rather than production growth, leaving many households vulnerable to shocks such as health crises, job losses or natural disasters.

    The financial sector, by contrast, has made remarkable progress over the four decades, according to the study. The expansion of bank and financial institution networks, the development of digital payment systems, growing financial access and regulatory reforms have strengthened the system. But challenges are mounting: non-performing loans rose from 1.3 percent in 2022 to 4.62 percent by 2025, and credit demand remains weak despite ample liquidity in the banking system. Weaknesses in the cooperative sector, financial crime, cybersecurity risks and sluggish credit expansion are flagged as the main threats to financial stability.

    On the road ahead, the study's message is clear: targeting economic stability alone is no longer enough. It calls for policy reforms centered on productivity growth, industrialization, export expansion, technology adoption and financial risk management — and argues that making the economy sustainable and inclusive requires transforming remittance- and import-based growth into growth driven by production and investment.

    Trending News

    • Trending4 Jun, 2026

      उपत्यकामा २४ घण्टामै २,४४५ चालक कारबाहीमा, सबैभन्दा धेरै तीव्र गतिका

      Read news
    • Trending4 Jun, 2026

      इरान युद्धमा ट्रम्पलाई प्रतिनिधिसभाको पहिलो झट्का : सैन्य कारबाही रोक्ने प्रस्ताव पारित

      Read news
    • Trending4 Jun, 2026

      कालीमाटीको आजको थोक मूल्य : नेपाली गोलभेँडा ६०, सिताके च्याउ १ हजार रुपैयाँ किलो

      Read news

    Related News

  • माउन्ट एभरेस्ट पावरको आईपीओ असार ३ गतेदेखि खुल्ने
    Investor

    1 min read

    माउन्ट एभरेस्ट पावरको आईपीओ असार ३ गतेदेखि खुल्ने

    NEPSE TRADING

    ·

    4 Jun, 2026

  • उपत्यकामा २४ घण्टामै २,४४५ चालक कारबाहीमा, सबैभन्दा धेरै तीव्र गतिका
    Top

    1 min read

    उपत्यकामा २४ घण्टामै २,४४५ चालक कारबाहीमा, सबैभन्दा धेरै तीव्र गतिका

    NEPSE TRADING

    ·

    4 Jun, 2026

  • इरान युद्धमा ट्रम्पलाई प्रतिनिधिसभाको पहिलो झट्का : सैन्य कारबाही रोक्ने प्रस्ताव पारित
    Investor

    1 min read

    इरान युद्धमा ट्रम्पलाई प्रतिनिधिसभाको पहिलो झट्का : सैन्य कारबाही रोक्ने प्रस्ताव पारित

    NEPSE TRADING

    ·

    4 Jun, 2026

  • कालीमाटीको आजको थोक मूल्य : नेपाली गोलभेँडा ६०, सिताके च्याउ १ हजार रुपैयाँ किलो
    Investor

    2 min read

    कालीमाटीको आजको थोक मूल्य : नेपाली गोलभेँडा ६०, सिताके च्याउ १ हजार रुपैयाँ किलो

    NEPSE TRADING

    ·

    4 Jun, 2026