·

नेपाली बजारमा सुन र चाँदीको मूल्य घट्यो

Author

NEPSE TRADING

नेपाली बजारमा सुन र चाँदीको मूल्य घट्यो

जेठ ९ गते, शुक्रबार नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ हजार १ सय रुपैयाँले घट्दै १ लाख ९० हजार ४०० रुपैयाँमा कायम भएको छ। बिहीबार उक्त सुनको मूल्य १ लाख ९१ हजार ५०० रुपैयाँ रहेको थियो।

त्यस्तै, चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले घटेर २ हजार ५ रुपैयाँमा झरेको छ। बिहीबार चाँदी प्रतितोला २ हजार २५ रुपैयाँमा कारोबार भएको थियो। मूल्य घट्नुको मुख्य कारण अन्तर्राष्ट्रिय बजारको उतारचढाव र लगानीकर्ताको धारणा परिवर्तन रहेको मानिएको छ।

Related News