·

सुन र चाँदीको मूल्यले बनायो नयाँ रेकर्ड, दुबै बहुमूल्य धातु ऐतिहासिक उचाइमा

Author

NEPSE TRADING

सुन र चाँदीको मूल्यले बनायो नयाँ रेकर्ड, दुबै बहुमूल्य धातु ऐतिहासिक उचाइमा

पुस ८ गते, मंगलबार, नेपाली बजारमा सुन र चाँदीको मूल्य एकैसाथ बढ्दै नयाँ ऐतिहासिक रेकर्ड कायम भएको छ। यस दिन सुनको मूल्य प्रतितोला ५ हजार ५०० रुपैयाँले वृद्धि भई २ लाख ६७ हजार २०० रुपैयाँ पुगेको छ, जुन हालसम्मकै उच्च मूल्य हो। सोमबार सुन प्रतितोला २ लाख ६१ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो, सो मूल्यलाई तोड्दै मंगलबार सुनले नयाँ उचाइ बनाएको हो।

त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले बढेको छ। आज चाँदी प्रतितोला ४ हजार २५५ रुपैयाँमा खरिद–बिक्री भइरहेको छ, जुन हालसम्मकै उच्च मूल्य हो। सोमबार चाँदी प्रतितोला ४ हजार २३५ रुपैयाँमा कारोबार भएको थियो। उक्त मूल्यलाई ब्रेक गर्दै मंगलबार चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ।

Related News