·
सुन तोलामा रु. २,००० ले र चाँदी रु. ३५ ले घट्यो
Author
NepseTrading

नेपाली बजारमा आज पनि सुन र चाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज छापावाल सुनको मूल्य हिजोको तुलनामा तोलामा रु. २,००० ले घटेर रु. २ लाख ३९ हजार ९०० पुगेको छ।
हिजो अर्थात् कार्तिक ९ गते सुन प्रतितोला रु. २ लाख ४१ हजार ९०० मा कारोबार भएको थियो। अन्तर्राष्ट्रिय बजारमा देखिएको कमजोर मूल्य प्रवृत्तिको असर नेपाली बजारमा पनि परेको महासंघले जनाएको छ।
त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। हिजो तोलामा रु. ३,०१५ मा कारोबार भएको चाँदी आज रु. ३५ ले घटेर रु. २,९८० मा झरेको छ।



