·
नेपाली बजारमा सुनको मूल्यमा उच्च वृद्धि, चाँदीको मूल्य भने घट्यो।
Author
NEPSE TRADING

बिहीबार, २०८२ जेठ २९ गते, नेपाली बजारमा सुनको मूल्य उल्लेखनीय रुपमा बढेको छ भने चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार, छापावाल सुनको मूल्य प्रतितोला १,६०० रुपैयाँले वृद्धि भई हाल प्रतितोला १,९२,९०० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार सो मूल्य १,९१,३०० रुपैयाँ थियो। पछिल्ला दुई दिनदेखि सुनको मूल्यमा उच्च वृद्धि देखिएको छ। यता, चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेर हाल २,१५० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार चाँदीको मूल्य प्रतितोला २,१६५ रुपैयाँ रहेको थियो।