आज सुन र चाँदीको भाउमा ठुलो वृद्धि, छापावाल सुन ५ हजारले महंगियो
Author
NEPSE trading

नेपाली बजारमा आज (बुधबार) सुन र चाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ प्रतितोला ५ हजार रुपैयाँले बढेको छ। नयाँ मूल्यअनुसार छापावाल सुन प्रतितोला १ लाख ८९ हजार ८०० रुपैयाँ पुगेको छ।
गत मंगलबार सोही सुनको मूल्य १ लाख ८४ हजार ८०० रुपैयाँ मा कारोबार भइरहेको थियो।
त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ५० रुपैयाँले वृद्धि भएर १९ सय ९० रुपैयाँ पुगेको छ। मंगलबार चाँदी प्रतितोला १९ सय ४० रुपैयाँ मा थियो।
सुनचाँदीको मूल्यमा आएको यो एकैदिनको ठुलो वृद्धिले बजारमा चर्चा चुलिएको छ। व्यापारीहरूले अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि तथा डलरको दरमा आएको उतारचढावलाई यसको मुख्य कारण मानेका छन्।