·
सुनको मूल्य ५०० रुपैयाँले बढ्यो, चाँदीको मूल्य स्थिर
Author
NEPSE TRADING

बिहीबार, नेपाली बजारमा सुनको मूल्य बढेको छ। यस दिन सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुन प्रतितोला एक लाख ९३ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबारको बजारमा छापावाला सुन प्रतितोला एक लाख ९३ हजार २०० रुपैयाँमा खरिदबिक्री भएको थियो। पछिल्ला दिनहरूमा सुन र चाँदीको मूल्य निरन्तर बढिरहेको छ।
अरु भने चाँदीको मूल्य स्थिर रहिरहेको छ। यस दिन चाँदी प्रतितोला दुई हजार ७५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ, जुन बुधबारको बजारमा कायम भएको मूल्यलाई आधार मानिएको हो।