
सरकारद्वारा निर्माण व्यवसायीको माग सम्बोधन तयारी, मूल्य समायोजनमार्फत समाधान खोजिँदैGovernment Moves to Address Contractors’ Demands Through Price Adjustment Mechanism
काठमाडौं । सरकारले आन्दोलनरत निर्माण व्यवसायीहरूको माग सम्बोधन गर्न ‘मूल्य समायोजन’को तयारी अघि बढाएको छ । पश्चिम एशियामा जारी युद्धका कारण इन्धन तथा निर्माण सामग्रीको मूल्य अस्वाभाविक रूपमा बढेपछि काम गर्न कठिन भएको भन्दै व्यवसायीहरू आन्दोलनमा उत्रिएका हुन् । शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक रवीन्द्र बोहोराले सरकारले खरिद ऐन तथा नियमावलीअन्तर्गत समाधान खोजिरहेको र व्यवसायीलाई ढुक्क भएर काममा फर्किन आग्रह गरेका छन् । मन्त्रालयले विभिन्न मोडेलमा तयार पारेको प्रतिवेदन अहिले प्रधानमन्त्री कार्यालयमा छलफलमा रहेको बताइएको छ । यसैबीच पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले काममा ढिलाइ गर्ने ठेकेदारमाथि कडा कदम चाल्दै प्रहरी परिचालन गरेपछि निर्माण क्षेत्रमा तनाव बढेको छ । केही निर्माण व्यवसायीलाई नियन्त्रणमा लिएर मन्त्रालयमा उपस्थित गराइएको घटनापछि व्यवसायीहरूले सरकारविरुद्ध आन्दोलन सुरु गरेका छन् । नेपाल निर्माण व्यवसायी महासंघले मूल्य समायोजन, रोकिएको भुक्तानी र म्याद थपको माग गर्दै सरकारसँग तत्काल राहतको माग गरेको छ । विपक्षी दल नेपाली कांग्रेसका सभापति गगन थापाले पनि प्रहरी प्रयोग गरेर व्यवसायीमाथि दबाब सिर्जना गर्नु लोकतान्त्रिक पद्धतिविपरीत भएको टिप्पणी गरेका छन् । सरकारले भने मूल्य समायोजनको समस्या समाधान भएपछि निर्माण कार्यले पुनः गति लिने विश्वास व्यक्त गरेको छ ।
Kathmandu – The government has begun preparations to address the demands of protesting construction contractors through a “price adjustment” mechanism. Contractors have launched protests, saying it has become difficult to continue projects due to the sharp rise in fuel and construction material prices caused by the ongoing conflict in West Asia. Director General of the Department of Urban Development and Building Construction, Rabindra Bohora, said the government is working on solutions under the Public Procurement Act and Regulations and urged contractors to return to work with confidence. A report prepared under various models to address the issue is currently under discussion at the Prime Minister’s Office. Meanwhile, tensions have escalated in the construction sector after Infrastructure Development Minister Sunil Lamsal adopted a strict stance against contractors accused of delaying projects, even mobilizing police against some of them. Following the detention and questioning of several contractors, construction entrepreneurs intensified their protests. The Federation of Contractors’ Associations of Nepal has demanded immediate price adjustment, payment clearance, and contract deadline extensions. Opposition leader Gagan Thapa of the Nepali Congress criticized the government’s use of police against contractors, calling it against democratic norms and the rule of law. The government, however, believes that once the price adjustment issue is resolved, construction activities across the country will regain momentum.




