
ओटीटी प्लेटफर्मलाई नियमनको दायरामा ल्याउँदै सरकार, सञ्चालनका लागि अनिवार्य लाइसेन्स व्यवस्था हुनेGovernment Moves to Regulate OTT Platforms, Mandatory Licensing System Set to Be Introduced
काठमाडौं । सरकारले इन्टरनेटमार्फत सञ्चालन हुने ओभर दि टप (ओटीटी) सेवाहरूलाई व्यवस्थित, नियमित र सरकारी नियमनको दायरामा ल्याउन नयाँ नियमावली तयार गर्ने प्रक्रिया अघि बढाएको छ । सूचना तथा सञ्चार मन्त्रालयले ओटीटी प्लेटफर्म सञ्चालनका लागि अनिवार्य दर्ता तथा लाइसेन्सको व्यवस्था गर्ने तयारी गरेको हो । मन्त्रालयले नियमावलीको प्रारम्भिक मस्यौदा तयार पारेर सञ्चार मन्त्री डा. विक्रम तिमिल्सिना समक्ष प्रस्तुतीकरणसमेत गरिसकेको जनाएको छ । प्रस्तावित व्यवस्थाअनुसार ओटीटी सेवा सञ्चालन गर्न १ करोड रुपैयाँ शुल्क तिरेर इजाजत लिनुपर्ने, डिजिटल स्टोरेजको व्यवस्था गर्नुपर्ने तथा आफ्नै सामग्री उत्पादन नगर्ने संस्थाले अनिवार्य लाइसेन्स लिनुपर्ने प्रावधान रहनेछ । मन्त्रालयका अनुसार राष्ट्रिय प्रसारण नियमावली २०५२ को संशोधित व्यवस्थाअनुसार विदेशी तथा स्वदेशी दुवै ओटीटी प्लेटफर्मलाई नियमनमा ल्याउने तयारी भइरहेको छ । यस व्यवस्था कार्यान्वयनमा आएमा Netflix, Amazon Prime Video, YouTube Premium लगायत विदेशी प्लेटफर्मसँगै स्वदेशी नेट टीभी, सिनेमाघर, डिसहोमगो, एमएसएम भिडियो र कान्तिपुर सिनेमाजस्ता प्लेटफर्म पनि दर्ता तथा करको दायरामा आउनेछन् । मन्त्रालयले सरोकारवाला निकायसँग सुझाव संकलन गरिसकेको र नियमावलीलाई छिट्टै अन्तिम रूप दिने तयारी भइरहेको जनाएको छ ।
Kathmandu । The government is preparing a new regulation to manage, regulate, and bring Over-The-Top (OTT) services operating through the internet under official oversight in Nepal. The Ministry of Communication and Information Technology has initiated the process of drafting an OTT regulation that would require OTT platforms to obtain mandatory registration and licenses before operating in the country. The ministry has already presented the preliminary framework of the regulation to Communication Minister Dr. Bikram Timilsina. According to the proposed provision, OTT service providers may need to pay a licensing fee of NPR 10 million, maintain digital storage systems, and obtain compulsory permits if they are distributing content produced by others. Officials say the amended National Broadcasting Regulation 2052 already provides the legal basis for regulating OTT platforms. If implemented, international platforms such as Netflix, Amazon Prime Video, and YouTube Premium, along with domestic services including Net TV, Cinemaghar, DishHome Go, MSM Video, and Kantipur Cinema, will come under Nepal’s regulatory and tax framework. The ministry stated that consultations with stakeholders have already been completed and the regulation is being finalized on a priority basis.




