NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no. :

4680-2081/2082

Chairman: Bishal Bikram Bimali

Director and Editor-in-chief:

Dipesh Ghimire

(

9802363868,

9851119988

)

Koteshwor 32 , Kathmandu

01-5253221

+977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

StocksSectors

Company

About UsOur TeamTerms of UseOur PolicyTrainingContact Us

Help

SupportReportFAQ

© 2026 nepsetrading.com. All rights reserved.
This website is owned and operated by Marketminds Investment Group Private Limited.

Charts are powered byTrading View

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. High Demand for Treasury Bills, NPR 18.3 Billion Up for Auction Today
    ट्रेजरी बिलमा उच्च माग, आज १८ अर्ब ३० करोडको बोलकबोल
    Investor
    1 min read
    Published on March 17, 2025
    NEPSE trading

    ट्रेजरी बिलमा उच्च माग, आज १८ अर्ब ३० करोडको बोलकबोलHigh Demand for Treasury Bills, NPR 18.3 Billion Up for Auction Today

    पछिल्लो समय बैंकहरूमा प्रशस्त तरलता रहेकाले सरकारले जारी गर्ने ट्रेजरी बिल खरिदमा उच्च प्रतिस्पर्धा देखिएको छ। कर्जा लगानी गर्न नसकेपछि बैंकहरूले आन्तरिक ऋण उठाउन जारी गरिएको ट्रेजरी बिलमा लगानी बढाएका छन्, जसले डिस्काउन्ट रेट घटेर ३ प्रतिशतभन्दा तल झरेको छ।

    यसैक्रममा, सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले आज चैत ४ गते सोमबार १८ अर्ब ३० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरणका लागि बोलकबोल गर्दैछ। कार्यालयका अनुसार ९१ दिने अवधिको ५ अर्ब, १८२ दिने अवधिको ४ अर्ब ३० करोड र ३६४ दिने अवधिको ९ अर्ब रुपैयाँको ट्रेजरी बिलका लागि बोलकबोल हुनेछ। यो बोलकबोल सोमबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म अनलाइनमार्फत हुनेछ भने मंगलबार निष्कासन गरिनेछ।

    पछिल्लो समय ट्रेजरी बिलमा मागभन्दा तीन गुणासम्म आवेदन परेको छ। गत फागुन २६ मा भएको बोलकबोलमा २८ दिने ५ अर्बको ट्रेजरी बिलका लागि १८ अर्ब ६३ करोड, ९१ दिने ८ अर्ब ५० करोडका लागि २३ अर्ब ६३ करोड २५ लाख र ३६४ दिने ५ अर्बका लागि २१ अर्बको बोल परेको थियो। यीको औसत डिस्काउन्ट रेट क्रमशः २.९८%, २.९६% र ३.०३% कायम भएको थियो।

    बैंकहरूमा लगानीयोग्य रकम थुप्रिएर अन्य क्षेत्रमा कर्जा विस्तार हुन नसक्दा ट्रेजरी बिलमा लगानी बढेको हो। यसले अल्पकालीन ब्याजदरमा समेत कमी आएको छ।

    ट्रेजरी बिल के हो?
    ट्रेजरी बिल एक वर्ष वा सोभन्दा कम अवधिको सरकारी अल्पकालीन ऋणपत्र हो। यो २८, ९१, १८२ र ३६४ दिने अवधिमा जारी हुन्छ। बोलकबोलमार्फत निष्कासन हुने यो ऋणपत्रमा डिस्काउन्ट रेट लागू हुन्छ, जुन बोलकबोलबाट निर्धारण हुन्छ। क, ख, ग वर्गका बैंक, वित्तीय संस्था, संगठित संस्था र सर्वसाधारणले यसमा सहभागिता जनाउन सक्छन्।

    With banks flush with liquidity in recent times, there has been intense competition to purchase treasury bills issued by the government to raise internal debt. Unable to expand loan portfolios, banks have turned to treasury bills, driving discount rates below 3 percent.

    In this context, the Public Debt Management Office is set to renew NPR 18.3 billion worth of treasury bills through an auction today, Monday, March 17. According to the office, the auction includes NPR 5 billion for 91-day bills, NPR 4.3 billion for 182-day bills, and NPR 9 billion for 364-day bills. Bidding will take place online from 10 AM to 3 PM, with issuance scheduled for Tuesday.

    Recent trends show applications for treasury bills exceeding demand by up to three times. On February 26, bids for a 28-day NPR 5 billion treasury bill reached NPR 18.63 billion, with an average discount rate of 2.98%. For a 91-day NPR 8.5 billion bill, bids totaled NPR 23.6325 billion at 2.96%, while a 364-day NPR 5 billion bill saw NPR 21 billion in bids at 3.03%.

    With ample investable funds in banks and limited loan expansion in other sectors, investment in treasury bills has surged, leading to a decline in short-term interest rates.

    What is a Treasury Bill?
    A treasury bill is a short-term government debt instrument with a maturity of one year or less, issued in 28, 91, 182, and 364-day terms. It is sold through auctions, with the discount rate determined by the bidding process. Class A, B, and C banks, financial institutions, organized entities, and the general public can participate in the auction.

    Trending News

    • Trending3 Jun, 2026

      नेप्से लगातार दोस्रो दिन हरियो, तर प्रतिरोधमा अनिर्णयको ‘डोजी’: बीमाको टेवा

      Read news
    • Trending3 Jun, 2026

      दुई महिनादेखि थुनामा भट्ट र शुलभ, अनुसन्धान अन्तिम चरणमा

      Read news
    • Trending3 Jun, 2026

      समस्याग्रस्त २३ सहकारीका सञ्चालकले लुकाएको सम्पत्तीबारे सूचना माग

      Read news

    Related News

  • नेप्से लगातार दोस्रो दिन हरियो, तर प्रतिरोधमा अनिर्णयको ‘डोजी’: बीमाको टेवा
    Investor

    3 min read

    नेप्से लगातार दोस्रो दिन हरियो, तर प्रतिरोधमा अनिर्णयको ‘डोजी’: बीमाको टेवा

    Dipesh Ghimire

    ·

    3 Jun, 2026

  • दुई महिनादेखि थुनामा भट्ट र शुलभ, अनुसन्धान अन्तिम चरणमा
    Investor

    3 min read

    दुई महिनादेखि थुनामा भट्ट र शुलभ, अनुसन्धान अन्तिम चरणमा

    NEPSE trading

    ·

    3 Jun, 2026

  • समस्याग्रस्त २३ सहकारीका सञ्चालकले लुकाएको सम्पत्तीबारे सूचना माग
    Investor

    1 min read

    समस्याग्रस्त २३ सहकारीका सञ्चालकले लुकाएको सम्पत्तीबारे सूचना माग

    NEPSE trading

    ·

    3 Jun, 2026

  • तेल महँगिँदा पनि अमेरिकी शेयर बजारले नयाँ कीर्तिमान बनायो
    Investor

    1 min read

    तेल महँगिँदा पनि अमेरिकी शेयर बजारले नयाँ कीर्तिमान बनायो

    NEPSE trading

    ·

    3 Jun, 2026

  • डलरदेखि युरोसम्म महँगो, राष्ट्र बैंकले आजको विनिमयदर सार्वजनिक गर्‍यो
    Investor

    1 min read

    डलरदेखि युरोसम्म महँगो, राष्ट्र बैंकले आजको विनिमयदर सार्वजनिक गर्‍यो

    NEPSE trading

    ·

    3 Jun, 2026